काठमाडौं । बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मोल तीन हजार ६२५ रुपैयाँ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।