काठमाडौं । आज अन्तराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाब विरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्र सङ्घको आव्हानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् ।
बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।
एकपक्षीय दबाब विरुद्धको अन्तर्राष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो । राष्ट्र सङ्घीय महासभाले यसै वर्षको जुनमा यो दिवस विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको चार्टर अनुसार नभएको एकपक्षीय दबावका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो ।
यो दिवसले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादका आवश्यकतालाई जोड दिएको छ ।