काठमाडौं । एलजी ब्राण्डले नयाँ वर्षको अवसरमा ‘सेलिब्रेट नियू एयर लाइक नेभर बिफोर’ भन्ने मुल नाराका साथ नयाँ योजना बजारमा ल्याएको छ । एलजीका हरेक सामग्रीहरुको खरिदमा निःशुल्क उपहारहरुका साथै ग्राहकहरुको जीवनमा नयाँ उत्साहजनक प्रत्याभुती दिलाउन यस योजना बजारमा ल्याएको हो ।
एलजी होम इन्टरटेन्मेन्ट अफर अन्तर्गत ग्राहकले एलजी टिभीको खरिदमा २ वर्ष पुरा वारिन्टी र २० प्रतिशतसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, ग्राहकले ५५ इन्च ओएलईडी टिभी तथा ६० इन्च वा सो भन्दा माथीका यूएचडी टिभीको खरिदमा मेघउली सेराई ताज सफारी लज जाने अवसर प्राप्त गर्न सक्ने छन् । जस अन्तर्गत दुई जना को लागि २ नाइट र ३ तीन बस्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
साथै २४ इन्च देखि ३२ इन्च सम्म एलइडी टिभीको खरिदमा फ्रि एलजी गेम रिमोट र ३२ इन्च देखि ४३ इन्च सम्म स्मार्ट एलइडी टिभीको खरिदमा खरिदमा फ्री एलजी म्याजिक मोसन रिमोट/एलजी विल्युटुथ स्पीकर पाउने छन् । त्यस्तै ४३ इन्च, ४९ इन्च र ५५ इन्च यूएचडी टिभीको खरिदमा फ्रि एलजी होम थ्रेटर स्टिम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकले एलजी होम एप्लाइन्सेस् अफर अन्तर्गत साइड बाई साइड रेफ्रिजेरेटरको खरिदमा १३ हजार १९० रुपैयाँको एलजी माइक्रोवेभ ओभन पाउने छन् । त्यस्तै, डबल डोर रेफ्रिजेरेटर र चेष्ट फ्रिजरको खरिदमा ३ हजार १३० रुपैयाँको पिजन मिक्स्चर ग्रिन्डर पाइने छ ।
त्यसैगरि, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ३ हजार ४४० रुपैयँँ पर्ने पिजन सुपर कुकर, टप लोडिङ वासिङ मेसिनको खरिदमा एक हजार २७० रुपैयाँको पिजन कडाई, माइक्रोवेभ ओभनको खरिदमा २ हजार रुपैयाँ पर्ने एलजी कुकिङ किट पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फ्रि कुकिङ, डिसवासरको खरिदमा १ हजार ५०० रुपैयाँ पर्ने डिटरजेन्ट प्लस लिक्विड र एयर कन्डिस्नरर्सको खरिदमा २ हजार ५ सय रुपैयाँको फ्रि इन्स्टलेसन जस्ता आकर्षक उपहारहरु सित्तैंमा प्राप्त गर्न सक्नेछन् ।
यो योजना चैत्र २० गते देखि सीमित अवधिको लागि मात्र लागु हुनेछ कम्पनीले जनाएको छ ।