नेप्सेमा २ बैंकको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको बोनस सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको बोनस बापतको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

माछापुच्छ्रे बैंकको ४ प्रतिशत बोनस बापतको ४६ लाख ४८ हजार ५४३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकको गत असोज १० गते सम्पन्न २७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।

यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनस बापतको ३ लाख ९ हजार ७६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०८०/
 

यो पनि पढ्नुहोस्

८१ को नाफाबाट ५.७५ प्रतिशतका दरले ३ करोड ९ लाख ७६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशतका दरले १६ लाख ३० हजार रुपैयाँ नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकको २०८१ चैत २७ गते सम्पन्न १२औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।

Share News