काँकरभिट्टाबाट आयात बढ्दा निर्यात घट्यो, साढे ५ अर्ब रुपैयाँ राजस्व

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरका सामान आयात भएका छन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा १४ अर्ब २८ करोड ८७ लाख  रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएका थिए ।

गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा ७ अर्ब ९६ करोड ७ लाख  रुपैयाँ बराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख  रुपैयाँका वस्तु निर्यात भएका थिए ।

काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गरेका छन् । उक्त कार्यालयले आव २०८२/८३ को पहिलो ४ महिनामा आयात निर्यातबाट ५ अर्ब ४६ करोड १ लाख  ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

Share News