एनपीएलमा अर्धशतकको सङ्ख्या २६ पुग्यो

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको मङ्गलबारको खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच भएको खेलमा ब्याटिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ।

पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले मंगलबार ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो । 

एडम अर्धशतक पूरा गर्ने २१ औं खेलाडीसमेत बनेका छन् । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो ।

यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किङ्ग्सका  लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका  सुमित बर्माले, जिमी निशम, चितवनका  डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका अनिल शाह, वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् । 

कर्णालीका मार्क वाट जारी प्रतियोगितामा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् ।

Share News