स्पारो बन्यो आधिकारिक मेटा प्रविधि प्रदायक, नेपाली व्यवसायका लागि ह्वाट्सएप सेवा सुरु

काठमाडौं । नेपालमा विश्वसनीय बल्क एसएमएस सेवा प्रदायक स्पारोएसएमएसले  मेटा टेक प्रदायकको रूपमा मान्यता प्राप्त गरी ह्याट्सएप व्यवसायिक सन्देश सेवा सार्वजनिक गरेको छ ।

यो सेवाले व्यवसायलाई ह्वाट्सएपमार्फत ग्राहकसँग छिटो, सहज र प्रभावकारी संवाद गर्न मद्दत गर्नेछ । अब साना खुद्रा व्यवसायदेखि ठूला उद्योगसम्मका सबै व्यवसाय ह्वाट्सएप इम्बेड साइङ अपमार्फत छिटो एपीआई सेटअप गर्न सक्नेछन् ।

सुविधामा ब्लु टिक भेरिफिकेसन, धेरै ग्राहकसम्म तुरुन्त सन्देश, सन्देश प्रभाव मापन र सुधार, वास्तविक समयमा ग्राहक व्यवस्थापन, स्वचालित संवाद निर्माण बिना प्राविधिक ज्ञानजस्ता सुविधा रहेका छन् ।

प्रमुख कार्यकारी अधिकृत मनोज थापाले सेवा सरल, द्रुत र अत्यन्त प्रभावकारी रहेको बताए ।।ू

एक दशकभन्दा बढी समयदेखि स्पारोएसएमएस नेपालका सरकारी निकाय, वित्तीय संस्था, शैक्षिक संस्था र निजी क्षेत्रका संस्थाहरूको विश्वासयोग्य डिजिटल संवाद साझेदार रहँदै आएको छ ।

Share News