नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । मंसिर १५ गते कम्पनी सञ्चालक समितिको बैठकले  बराललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले सञ्चालक पदमा संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।  

Share News