देशभर १७ सेवा केन्द्रसहित फोटोनको ‘टोटल केयर’ सेवा विस्तार

काठमाडौं । फोटोनले ग्राहकको विश्वासलाई अझ सुदृढ बनाउन ‘फोटोन टोटल केयर’ सेवा विस्तार गर्दै नेपालभर आफ्टर–सेल्स सञ्जाललाई मजबुत बनाएको छ । बिक्रीपछिको सम्पूर्ण सेवा समेटिने यस कार्यक्रममार्फत कम्पनीले गाडी खरिदपछि दीर्घकालीन सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ ।

फोटोनले देशभर १७ वटा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ, जसले शहरदेखि ग्रामीण बस्तीसमेतका ग्राहकलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउँदै आएको छ । प्रशिक्षित प्राविधिक, छिटो सेवा र जेन्युइन स्पेयर पार्ट्सको पहुँचले ब्रान्डप्रति उपभोक्ताको विश्वास बढेको कम्पनीको दाबी छ ।

‘फोटोन टोटल केयर प्रमिस’ अन्तर्गत ग्राहकले भरपर्दो मर्मत तथा सर्भिस, जेन्युइन पार्ट्स, वारेन्टी, रोडसाइड असिस्टेन्स र डेडिकेटेड कस्टमर केयरसमेत एकै स्थानबाट पाउन सक्छन् । यसले सवारी साधनको डाउनटाइम घटाउने, दक्षता बढाउने र व्यवसायिक प्रयोजनका गाडी प्रयोगकर्तालाई मानसिक शान्ति दिलाउने कम्पनीको विश्वास छ ।

फोटोन गाडीका लागि विशेष तालिम प्राप्त प्राविधिक र १०० प्रतिशत जेन्युइन पार्ट्स प्रयोगसँगै कम्पनीले गाडीको आयु, सुरक्षा र टिकाउपनामा विशेष ध्यान दिएको जनाएको छ ।

ग्राहकमैत्री पहलहरूसँगै फोटोनले सर्भिस क्याम्प, क्विक–रेस्पोन्स हेल्पलाइन र नियमित फलो–अपमार्फत सेवा प्रभावकारी बनाउँदै आएको छ । अगस्ट १० देखि सेप्टेम्बर अन्त्यसम्म सञ्चालन गरिएको ‘मेगा मनसुन सर्भिस क्याम्प’ पनि कम्पनीको प्रमुख गतिविधिमध्ये एक थियो, जसमा देशभर चेकअप, सर्भिस सपोर्ट र विशेषज्ञ परामर्श प्रदान गरिएको थियो । 

फोटोनले ‘टोटल केयर’ कार्यक्रममार्फत विश्वसनीय सेवा, उच्च गुणस्तर र छिटो उपलब्धतासहित उपभोक्तालाई निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News