काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि आकर्षक योजना सार्वजनिक गर्दै 'ग्रेटेस्ट अफर अल टाइम' अफर घोषणा गरेको छ । यस अफरमार्फत ग्राहकले सवारी खरिद गर्दा आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
अफरअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन् । जोडीका लागि बाली भ्रमण, आइफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् । साथै, योजनामा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एसेसरिज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू समावेश रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यी सुविधाले ग्राहकलाई थप सहज, भरपर्दो र आधुनिक इभी अनुभव प्रदान गर्नेछ । नेपाली बजारमा लोकप्रिय टाटा टियागो ईभी आफ्नो आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बनेको छ । टियागो ईभीको सुरूवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।