जाडो सुरु संगै डाबर च्यवनप्राश र खजुरप्राशको खपत बढ्दै

काठमाडौं । जाडो सुरु हुँदै गर्दा शरीरलाई संक्रमण, रुघाखोकी र मौसमी रोगबाट जोगाउन रोग प्रतिरोधात्मक क्षमता सुदृढ बनाउनु आवश्यक हुन्छ । यस्तै समयमा प्राकृतिक प्रतिरक्षा वृद्धि गर्ने आयुर्वेदिक उत्पादन डाबर च्यवनप्राश नेपाली उपभोक्ताबीच लोकप्रिय बन्दै गएको डाबर नेपालले जनाएको छ ।

कम्पनीका अनुसार डाबर च्यवनप्राश ४१ भन्दा बढी आयुर्वेदिक जडिबुटीको मिश्रणबाट वैज्ञानिक रूपमा तयार गरिएको उत्पाद हो, जसले शरीरलाई ब्याक्टेरिया, भाइरस, प्रदूषण र मौसम परिवर्तनजन्य संक्रमणबाट जोगाउने भूमिका खेल्छ । ‘च्यवनप्राश’ संस्कृत शब्द हो ‘च्यवन’ ऋषिको नामसँग र ‘प्राश’ विशेष रूपमा तयार गरिने पौष्टिक आहारसँग सम्बन्धित मानिन्छ । भिटामिन ‘सी’ तथा एन्टिअक्सिडेन्टले भरिपूर्ण यस उत्पादनलाई बालबालिकादेखि वृद्धसम्म सबैका लागि उपयुक्त मानिन्छ ।

डाबर च्यवनप्राशबारे उद्यमी तथा पूर्व मिस नेपाल जेनीसा मोक्तान भन्छिन्, 'जाडो सुरु हुनासाथ म र मेरो परिवार इम्युनिटी बढाउने प्रयास गर्छौं । बिहान–बेलुका एक–एक चम्चा डाबर च्यवनप्राश सेवन गर्छु । यसले स्वास्थ्यमा धेरै सुधार ल्याएको छ र आत्मविश्वास पनि बढाएको छ ।'

कम्पनीले डाबर च्यवनप्राशका फाइदामा रोग प्रतिरोधात्मक शक्ति वृद्धि, शरीरको प्राकृतिक सुरक्षा प्रणाली मजबुत बनाउने, हेमोग्लोबिन र सेतो रक्तकोष उत्पादनमा सहयोग, पाचन प्रणाली सुधार, श्वासप्रश्वास स्वास्थ्य मजबुत पार्ने तथा शरीरमा उर्जा र जीवन्तता थप्ने कार्य समावेश भएको बताएको छ । सेवन विधिअनुसार ३ वर्षमाथिका बालबालिकाले दैनिक एक चम्चा र वयस्कहरूले बिहान–बेलुकी गरी दुई चम्चा सेवन गर्न सकिने उल्लेख छ । यसलाई दूध, तातो पानी वा सिधै पनि खान सकिन्छ ।

यससँगै डाबरले नयाँ उत्पादन ‘डाबर खजुरप्राश’ पनि बजारमा ल्याएको छ । खजुरको प्राकृतिक मिठास र दर्जनौँ आयुर्वेदिक जडिबुटी प्रयोग गरी बनेको यो उत्पादनले शरीरमा आयरन, हेमोग्लोबिन र उर्जा बढाउने कम्पनीको दाबी छ । खजुरप्राशले आयरनको कमी कम गर्ने, स्वस्थ रगत उत्पादनमा सहयोग पुर्याउने, एन्टिअक्सिडेन्टले शरीरमा सूजन घटाउने तथा प्रतिरक्षा प्रणाली सुदृढ बनाउने उल्लेख गरिएको छ । यसमा खजुर, अमला, गोक्षुरा, अग्निमन्था, कण्टकारी, मुस्ता, हरितकी, शतावरी, अश्वगन्धा, वंसा, त्वक र ल्वाङलगायत जडिबुटी प्रयोग गरिएको डाबरले जनाएको छ ।

Share News