काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ४ महिनामा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो १ अर्ब २४ करोड रुपैयाँले बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार २ अर्ब २९ करोड रुपैयाँ बराबरको ४ करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र २ अर्ब १ करोड रुपैयाँ बराबरको ५ करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ ।
त्यसैगरी, १ अर्ब ६ करोड रुपैयाँ मूल्यका १ करोड ९ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ ।