नेकपा संयुक्तको कार्यवाहक अध्यक्षमा भुसाल

घनश्याम भुसाल र चन्द्रदेव जोशी ।

काठमाडौं । नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले पार्टीका नेता घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको घोषणा गरेका छन् । 

जोशीले सोमबार पत्रकार सम्मेलनमार्फत आफूले भुसाललाई कार्यवाहक अध्यक्षका रूपमा काम गर्न लिखित जिम्मेवारी हस्तान्तरण गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा जिम्मेवारी हस्तान्तरण गर्दै जोशीले भने, ‘पार्टीको आगामी सञ्चालन, पुनर्गठन प्रक्रिया र समन्वयलाई प्रभावकारी बनाउन भुसाललाई कार्यवाहक अध्यक्षको भूमिका दिइएको छ ।’

यसअघि नेकपा एकीकृत समाजवादीबाट अलग भएर सुरु भएको पुनर्गठन अभियानले नेकपा संयुक्त नाम राख्ने र संयुक्तकै निर्वाचन चिन्ह हँसिया प्रयोग गर्ने सहमति जोशी र भुसालबीच भएको थियो ।

भुसाल कार्यवाहक अध्यक्ष बनेसँगै पार्टीमा पुनर्संरचना र नेतृत्व संयोजन प्रक्रियालाई थप गति मिल्ने अध्यक्ष जोशीले विश्वास लिएको जोशीले बताए ।

Share News