कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक सुरु, महाधिवेशन कार्यतालिका आजै प्रस्तुत हुने

काठमाडौं । नेपाली कांग्रेसको सोमबार (आज) दिउँसो बस्ने केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक सुरु भएको छ । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा अनौपचारिक पदाधिकारी बैठक सुरु भएको हो ।

पार्टीभित्र चलिरहेको आगामी महाधिवेशनको तयारी र समय निर्धारणसम्बन्धी अन्तिम छलफलका लागि पदाधिकारीको बैठक आयोजना गरिएको बताइएको छ । 

बैठकमार्फत केन्द्रीय समितिमा प्रस्तुत गरिने एजेन्डा र प्रस्तावहरूलाई अन्तिम रूप दिने तयारी भएको स्रोतले जनाएको छ ।

यसअघि लामो समयदेखि पार्टीभित्र महाधिवेशन मिति निर्धारणका विषयमा रस्साकस्सी चल्दै आएको थियो । अन्ततः शीर्ष नेतृत्वबीच पछिल्ला दिनमा भएको छलफलपछि पुस महिनाभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेको छ ।

आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा यही सहमतिको आधारमा महाधिवेशनको कार्यतालिका र तयारीका खाका औपचारिक रूपमा प्रस्तुत गरिने कांग्रेस नेतृत्वले जनाएको छ ।

संक्षिप्त मोडेलमै कांग्रेसको १५ औं महाधिवेशन, निर्वाचन अगाडि तीन तहको अधिवेशन

Share News