हङकङ आगलागी : मृत्यु हुनेको संख्या १४६ पुग्यो

चीनको हङकङस्थित ताई पो जिल्लामा रहेको वाङ फुक कोर्ट आवासीय भवन । जसमा आगलागी भएको हाे ।

काठमाडौं । हङकङ प्रहरीले गत आइतवार आवासीय परिसरमा ठूलो आगलागीबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको पुष्टि गरेको छ । 

यसैगरी, ७९ जना घाइते भएका छन् ।

प्रेस ब्रिफिङमा बोल्दै हङकङ प्रहरी बलको दुर्घटना अनुसन्धान इकाईका प्रभारी त्साङ शुक–यिनले पहिले बेपत्ता भएका १५९ बासिन्दाहरूको सुरक्षा दुर्घटना अनुसन्धान इकाईले पुष्टि गरेको बताइन् । 

उत्तरी ताई पो जिल्लामा रहेको यो बाक्लो बसोबास भएको परिसरमा ८ वटा ब्लकमा २ हजार फ्ल्याट छन्, जहाँ ४ हजार ६०० भन्दा बढी मानिस बस्छन् । हङकङमा किफायती आवासको पुरानो समस्या चलिरहेको अवस्थामा यो गम्भीर दुर्घटना भएको हो।

१९४८ पछि हङकङमा आगलागीबाट भएको यो सबैभन्दा ठूलो जनहानि हो, त्यतिबेला एक गोदाममा आगलागी हुँदा १७६ जनाको मृत्यु भएको थियो ।
 

Share News