काठमाडौं । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलका रूपमा रुपन्देहीको बुटवलमा ‘हायात प्लेस बुटवल’ को औपचारिक उद्घाटन गरिएको छ । पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’ का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने लक्ष्यअनुसार हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो ।
यस होटेलमा हायात प्लेसको मौलिक डिजाइन, आरामदायी वातावरण, निःशुल्क वाइफाइ तथा २४ घण्टा उपलब्ध खाद्य सेवा जस्ता सुविधाहरू व्यवस्था गरिएको छ, जसले व्यापारिक तथा फुर्सदका यात्रुहरूको दुवै आवश्यकता पूरा गर्छ ।
हायातको ‘पाहुनाको सत्कारमा कुनै कमी नराख्ने’ मूलमन्त्रलाई आत्मसात् गर्दै हायात प्लेस बुटवलले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध सेवाहरूको संयोजनमार्फत आधुनिक तथा व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । होटेलमा किंग र ट्विन कोठासहित फरेस्ट भ्यू तथा हिल भ्यूका विकल्पहरू उपलब्ध छन् ।
३०० देखि ७७५ वर्गफिटसम्मका फराकिला गेष्ट–रुम र सुइटहरू रहेको यस होटलको मुख्य आकर्षण १,५६० वर्गफिट क्षेत्रफलमा फैलिएको ‘प्रेसिडेन्सियल सुइट’ हो, जसले विशिष्ट पाहुनाहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्छ । साथै, १५० जनासम्म अटाउने ग्रान्ड बलरुमसहित विविध कार्यक्रम तथा मिटिङका लागि आवश्यक संरचना पनि उपलब्ध गराइएको छ ।
'हामी पाहुनाहरूको अपेक्षाभन्दा माथि उठेर उत्कृष्ट आतिथ्य अनुभव दिन प्रतिबद्ध छौँ,' हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले बताए । उनका अनुसार विशेष रूपमा डिजाइन गरिएका कोठा, विविध खानपानका विकल्पहरू तथा फराकिला कार्यक्रम स्थलहरूले हायात प्लेस बुटवललाई बिजनेस तथा लेजर दुवै खाले यात्रुहरूको लागि आदर्श गन्तव्यका रूपमा स्थापित गर्छ । उनले काम, विश्राम वा विशेष अवसरका लागि आउने हरेक पाहुनालाई स्वागतयोग्य वातावरण तथा व्यक्तिगत सेवा प्रदान गर्ने प्रयास गर्ने बताए ।
होटेलले प्रदान गर्ने सुविधाहरूमा १०९ फराकिला गेष्ट–रुम, काम, विश्राम र रमाइलो गर्ने छुट्टाछुट्टै स्थानसहितका ‘कोजी कर्नर’ सोफा–स्लिपर बेड, तातो तथा चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट, दिनरात जुनसुकै बेला खाना पाउन सकिने ‘द मार्केट’, प्रिमियम बियर, वाइन, कफी तथा ककटेल पाइने ‘जिङ बार’ प्रमुख छन् । साथै, पाहुनाले बिर्सिएका आवश्यक सामग्री किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने ‘नेसेसिटिज’ कार्यक्रम, निःशुल्क वाइफाइ, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा तथा किड्स प्ले एरियाजस्ता पारिवारिक सुविधा पनि उपलब्ध गराइएको छ ।
होटेलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ ब्यानर्जीले सम्हालेका छन् । नगरले दैनिक सञ्चालन, कर्मचारी व्यवस्थापन तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी बहन गर्छन् । त्यस्तै, ब्यानर्जीले बुटवल क्षेत्रमा आउने यात्रु तथा मिटिङ आयोजकहरूलाई आवश्यक सेल्स सहयोग तथा सेवा प्रदान गर्ने जिम्मेवारी सम्हाल्नेछन् । यस्तो नेतृत्व र अवस्थित संरचनाले हायात प्लेस बुटवललाई प्रदेशमा एक प्रमुख आतिथ्य गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।