काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज मंसिर १४ गतेदेखि माछापुच्छ्रे एसआइपी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरमा २० करोड रुपैयाँको २ करोड इकाई बिक्री खुला गरेको हो ।
कम्पनीका अनुसार यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ । जसमध्ये १४ प्रतिशत अर्थात् ७० लाख इकाई कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १ करोड २५ लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।
कम्पनीको उक्त खुलामुखी योजनाको इकाईमा मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण रुपमा बिक्री नभएमा मंसिर २८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको उक्त म्युचुअल फण्ड बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ नेपालले कोष प्रवर्द्धकलाई केयर एनपी ट्रिपल बी प्लस र योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ ।