कुमारी बैंकका ग्राहकलाई आरोग्य वेल केयर क्लिनिकमा छुट

काठमाडौं । कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौता बमोजिम बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १०० प्रतिशत छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन-एबीपीएम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत छुट साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशतसम्मको छुट हुने बैंकले जनाएको छ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

Share News