काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित आईआईएमएस कलेज अब नयाँ रूप–रंग र सुविधासहित अत्याधुनिक भवनमा प्रवेश गरेको छ । जुन भवनको नाम ‘आइआइएमएस २.०’ राखिएको छ ।
नक्सालस्थित भगवती मन्दिर नजिकै साढे १० रोपनी जग्गामा २० करोडभन्दा बढी लगानीमा संरचना निर्माण गरिएको छ । सोही भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरियो ।
नयाँ कलेजको उद्घाटन टेलर्स युनिभर्सिटी मलेसियाका उपकुलपति प्रोफेसर ब्यारी विनले गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले आजको दिन अन्तराष्ट्रिय शिक्षामा एक महत्त्वपूर्ण माइलस्टोन स्थापित भएको दिन रहेको बताए ।
उनले भने, आईआईएमएससँगको सहकार्यले नेपालका भावी विश्व नागरिकलाई सशक्त बनाउने हाम्रो साझा प्रतिवद्धतालाई अझ मजबुत बनाएको छ ।’
विनले यो संरचना कलेजको पहिलो ठूलो सपना– आफ्नै क्याम्पस—साकार भएको क्षण भएको बताए ।
उनले टेलर्स युनिभर्सिटी र आइआइएमएस बीचको सहकार्यले अन्तर्राष्ट्रिय शिक्षामा नयाँ माइलस्टोन स्थापित गरेको जानकारी दिए ।
‘आईआईएमएससँगको सहकार्यले नेपालका भावी विश्व नागरिकलाई सशक्त बनाउने हाम्रो साझा प्रतिवद्धतालाई मजबुत बनाएको छ,’ उनले भने, ‘हामी भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा उपलब्ध गराउन तयार छौं ।’

उपकुलपति प्रोफेसर ब्यारी विन र सवीन्द्र महर्जन
आईआईएमसी ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सवीन्द्र महर्जनले जग्गा लिजमै लिएर पनि आफ्नै भवन निर्माण गर्नुले पहिलो सपना पुरा भएको बताए ।

सवीन्द्र महर्जन
उनी भन्छन्, ‘आईआईएमएस२.० केवल एउटा भवन होइन, यो नेपालको भविष्यप्रति गरिएको प्रतिवद्धता हो, हामी नेपालमै विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्दैछौं, जहाँ विद्यार्थीहरूले विदेश नै न जान विश्वस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् ।’
पहिले साँघुरो भवनमा रहेको कलेज अब फराकिलो ठाउँमा रहेकाले विद्यार्थीलाई प्रोजेक्टमा छलफल गर्न सहज हुने अपेक्षा कलेजले गरेको छ ।

नयाँ भवन निर्माणसँगै नयाँ ठाउँमा सरेको कलेजले पहिलो सपना सफल रहेको प्रतिक्रिया दिएको छ ।
कस्तो छ संरचना ?
१५ वर्षदेखि शैक्षिक सेवा दिँदै आएको आईआईएमएसले नक्सालमा उद्घाटन गरेको भवनलाई आइआईएमएस २.० राखेको छ । विश्वविद्यालयको मान्यताअनुसार यो नाम राखिएको कलेजले जनाएको छ ।
कलेजमा इनोभेसन र एभरेष्ट दुईवटा ब्लक छन् । दुई भवनको २० वटा कक्षा कोठा गरी करिब ३० वटा कोठा छन् । सबै कोठा अत्याधुनिक छन् भने तीनवटा कम्प्युटर ल्याब, बीएचएमको लागि दुईवटा किचन र एउटा बेकरी छ । कलेजमा कम्प्युटर ल्याब प्रयोगशाला, आधुनिक पूर्वाधार विद्यार्थी केन्द्रित छन् ।

कलेजमा विद्यार्थीलाई पढाउन कोठामात्र बनाएको छैन, उनीहरू खेल्नको लागि सहज होस भनेर फराकिलो ठाउँ पनि राखिएको छ । त्यहाँ बास्केटबल, फुटसल पनि निर्माण गरिने योजना कलेजले बनाइएको छ । विद्यार्थीलाई आफ्नो प्रोजेक्टमा छलफल गर्नको लागि ओपन स्पेस छोडिएको छ ।
कलेजले हाल स्नातक तहको कार्यक्रममात्र सञ्चालन गरिरहेको छ । स्नातकोत्तरको कार्यक्रम सञ्चालन गर्ने तयारी पनि कलेज लागेको छ । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै उपलब्ध गराउने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको हो ।
मलेसियाको शीर्षस्थानमा रहेको टेली युनिभर्सिटीसँग सहकार्य गर्दै काठमाडौंबाटै अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आएको छ । यो कलेजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईटी कोर्स, व्यवसाय, व्यवस्थापन कोर्ष र हस्पिटालिटीसम्बन्धी तालिम दिँदै आएको छ ।
स्कुल अफ बिजनेस एण्ड हस्पिटालिटी एकेडेमिक प्रमुख बृहतसिंह बोस्वा आईआईएमएसले आफ्नै भवन बनाएर बस्ने सपना धेरै पहिले देखेको अहिले आएर बल्ल पुरा भएको बताउँछन् ।

बृहतसिंह बोस्वा
‘विद्यार्थीलाई अन्तराष्ट्रिय विश्वविद्यालय कस्तो हुन्छ भनेर अनुभव दिने सपना हो । त्यही सपनाको पहिलो चरण आज सुरु भयो,’ बोस्वाले भने ।
कलेजमा करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।