काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिसम्बन्धी विवादमा दायर रिटको सुनुवाइ सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
उक्त मुद्दामा न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बिहीबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ ।
शुक्रवार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वाेच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार अब यो मुद्दाको अर्को सुनुवाइ सोमबारका लागि तोकिएको छ ।
मधेस प्रदेश सरकार गठन प्रक्रियामाथि उठेका प्रश्नहरू सम्बन्धी तीनवटा छुट्टाछुट्टै रिट परेकोमा ती सबै रिटहरूलाई एकैसाथ सुनुवाइ भइरहेको अदालतले जनाएको छ ।