काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ ।
शुक्रबार क्यानले नेपाल एयरलाइन्सलाई लिखित पत्रचार गर्दै लामालाई उडानमा रोक लगाउने निर्देशन दिएको हो । लामाले जहाज उडाउने क्रममा फोटो तथा भिडियो खिचेको भन्दै प्रतिबन्ध लगाइएको क्यानले पत्रमा उल्लेख गरेकाे छ।
क्यानले लामासँगै क्याप्टेन सोनी राणालाई पनि उडानमा रोक लगाइएको छ । पछिल्लो समय क्याप्टेन लामाले आकाशमा जहाज उडाउने क्रममा फोटो/भिडियो बनाएर सामाजिक सञ्जालमा राख्दै आएका छन् ।