सुनको मूल्य २ लाख ५० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेसँगै सुनको मूल्य २ लाख ५० हजार नाघेको हो । 

महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रवार २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी प्रतितोला आज ६५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार ३ हजार ३४५ रुपैयाँ कायम भएको छ । 

Share News