प्रधानमन्त्री सुशीला कार्की स्वार्थ समूहको दबाबमा परेको आरोप, तीन विज्ञले गरे संयुक्त प्रेस विज्ञप्ति जारी

प्रधानमन्त्री सुशीला कार्की । तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा हालै नियुक्ति रद्द भएका तीन विज्ञले उनलाई विभिन्न स्वार्थ समूहको प्रभावमा परेको आरोप लगाएका छन् । 

युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरेले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै देश संवेदनशील अवस्थामा रहेको समयमा प्रधानमन्त्रीको कार्यालयभित्र बाह्य चलखेल बढेको दाबी गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रतिशोधपूर्ण रूपमा आफूहरूको नियुक्ति रद्द गराएको आरोपसमेत लगाएका छन् । 

विज्ञ समूहका सदस्यहरूका अनुसार सचिवालयमा स्वस्थ कार्य वातावरणको सट्टा राजनीतिक र व्यक्तिगत स्वार्थले स्थान पाएको छ, जसले निर्णय प्रक्रियामा नै अप्रत्यक्ष प्रभाव पारेको छ।

सरकारको तर्फबाट भने यस सम्बन्धमा आधिकारिक प्रतिक्रिया आएको छैन । आदर्श कुमार श्रेष्ठ लामो समय सर्वोच्च अदालतमा कम्प्युटर सहायकको रूपमा कार्यरत थिए । 

करारको कर्मचारी भएपनि अदालतमा उनले न्यायाधीशहरूलाई प्रभावमा पारेर कजलिष्टमा समेत परिवर्तन गर्ने गरेको सर्वोच्च अदालत कर्मचारी संगठनका अध्यक्ष हरि भट्टराईले लगाएका छन् ।

Share News