एनएमबि बैंकले पायो एक्सीलेन्स इन कमर्सियल कार्ड बिजनेस अवार्ड

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलबाट हालै आयोजित 'लिडरसीप कन्केलभ नेपाल २०२५' सम्मेलनमा 'एक्सीलेन्स इन कमर्सियल कार्ड बिजनेस' अवार्ड प्राप्त गरेको छ ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न गरेको महत्वपूर्ण योगदानको कदरस्वरूप प्रदान गरिएको हो ।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । बैंकले यस उपलब्धिलाई डिजिटल भुक्तानी सेवाको सुधार र व्यावसायिक कार्ड क्षेत्रमा अझ प्रगतिशील कदम चाल्न उत्प्रेरकका रूपमा लिने जनाएको छ ।

Share News