काठमाडौं । सरकार र नेकपा एमालेबीच बिहीबार (आज) बालुवाटारमा द्विपक्षीय वार्ता सुरु भएको छ ।
प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलका अनुसार सरकारका पक्षबाट प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल उपस्थित छन् ।
एमालेका पक्षबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी रहेका छन् ।
प्रधानमन्त्री कार्कीले अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने तयारीमा रहेकी छन् ।