भायानेटको २०० एमबिपिएसको योजना लिने ग्राहकलाई एक महिना इन्टरनेट निःशुल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ । यो योजना उच्चगति, भरपर्दो र किफायती इन्टरनेट सेवा चाहने प्रयोगकर्ताका लागि विशेष रूपमा तयार गरिएको कम्पनीले जनाएको छ ।

सुपरहिट इन्टरनेट प्याकअन्तर्गत भायानेटले १०० एमबिपिएस, २०० एमबिपिएस र ३०० एमबिपिएस इन्टरनेट योजना सार्वजनिक गरेको छ । यसमध्ये सबैभन्दा लोकप्रिय रहेको २०० एमबिपिएसको वार्षिक प्याकेज अब ११ हजार २ सय रुपैयाँ (करसहित) मा उपलब्ध हुनेछ । साथै, २०० एमबिपिएस वा सोभन्दा माथिको वार्षिक योजना लिने ग्राहकले एक महिना इन्टरनेट निःशुल्क पाउनेछन् ।

यिनै प्याकेजहरूमा ‘प्रायोरिटी सर्भ’ सहित ‘सेम डे सर्पोट’ सुविधा पनि समावेश गरिएको छ । कम्पनीका अनुसार दिउँसो ३ बजेअघिसम्म दर्ता गरिएका इन्टरनेटसम्बन्धी गुनासाहरूलाई उही दिनमै प्राथमिकताका साथ समाधान गरिनेछ ।

ग्राहकको इन्टरनेट अनुभव सहज बनाउन भायानेटले मेश राउटर पनि विशेष मूल्यमा उपलब्ध गराएको छ । सामान्यतया ३ हजार रुपैयाँ पर्ने मेश राउटर हाल २ हजार ५०० रुपैयाँमा पाइनेछ ।

नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ले प्रयोगकर्तालाई छिटो, भरपर्दो र स्थिर सेवा उपलब्ध गराउनेछ । यो योजना नयाँ तथा पुराना दुवै ग्राहकका लागि उपयोगी हुने भायानेटको दाबी छ । 

Share News