सामाजिक सुरक्षा कोषमा बढी योगदान गर्ने ८ रोजगारदाता सम्मानित, को–को परे ?

काठमाडौं । आठौं सामाजिक सुरक्षा दिवसका अवसरमा विभिन्न कम्पनी सम्मानित भएका छन् । 

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले विभिन्न कम्पनीलाई सम्मान गरेको जानकारी दिए । उनीहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्मान गरेकी हुन् ।

वित्तीय तथा बीमा क्षेत्रमा लक्ष्मी सनराइज बैंक सबैभन्दा बढी योगदानकर्ता भएका र योगदान रकमको आधारमा सम्मानित हुने कम्पनी हो ।

त्यसैगरी, औद्योगिक उत्पादन क्षेत्रमा अरिहन्त मल्टी फाइबर्स लि, थोक र खुद्रा व्यापार क्षेत्रमा भाटभटेनी सुपरमार्केट, अन्य सेवामामा गोर्खा वेलफेयर ट्रस्ट नेपाल र प्रशासनिक सहयोगी सेवामा सुदर्शन सेक्युरिटी सर्भिसेज प्रालि रहेका छन् ।

शिक्षा क्षेत्रमा युलेन्स एजुकेशन फाउण्डेशन र चितवन मेडिकल कलेज सम्मानित भएका छन् । युलेन्स योगदान रकमा आधारमा सम्मानित भएको हो भने चितवन मेडिकल कलेज योगदानकर्ताको आधारमा सम्मानित भएको हो ।

मानव स्वास्थ्य र सामाजिक कार्य क्षेत्रमा वर्ल्ड भिजन इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटल सम्मानित भएका छन् । वर्ल्ड भिजन योगदान रकमका आधारमा र नर्भिक योगदानकर्ताको आधारमा सम्मानित भएका हुन्।

सूचना तथा सञ्चार क्षेत्रमा सिडार गेट योगदान रकमका आधारमा र स्पाउट टेक्नोलोजी सर्भिस प्रालि योगदानकर्ताको आधारमा सम्मानित भएका हुन् ।

मानव स्वास्थ्य र सामाजिक कार्यमा वर्ल्ड भिजन इन्टरनेशनल र सूचना तथा सञ्चारमा सिडार गेट सर्भिसेज प्रालि पनि योगदान रकमका आधारमा सम्मानित भएका छन् । 

सामाजिक सुरक्षा कोषसँग सेवा सम्झौता गरी कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्य संस्थाहरूमध्ये सबैभन्दा धेरै योगदानकर्तालाई सेवा प्रदान गर्ने ६ प्रदेशबाट १/१ वटाको दरले जम्मा ६ वटा संस्था छनौट गरिएको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।

ती संस्थामध्ये कोशी प्रदेशको विराट मेडिकल कलेज शिक्षण अस्पताल, मधेश प्रदेशको नेशनल मेडिकल कलेज, बागमती प्रदेशको काठमाडौँ मेडिकल कलेज, गण्डकी प्रदेशको चरक मेमोरियल हस्पिटल, लुम्बिनी प्रदेशको लर्ड बुद्ध एजुकेशनल एकेडेमी र सुदूरपश्चिम प्रदेशको नवजीवन अस्पताल प्रालि रहेका छन् ।
 

Share News