नेप्से १०.४३ अंकले बढ्यो, ६ अर्ब ६६ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार वृद्धि भएर बन्द भएको छ । आइतबारदेखि लगातार बढ्दै आएको बजारले बिहीबार पनि उकालो यात्रा कायम राख्दै नेप्से परिसूचक १०.४३ अंकले उक्लिएर २,६७६ विन्दुमा पुगेको हाे ।

बजारमा १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३३३ कम्पनीका १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ, जसको कारोबार ४० करोड १७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा सागर डिष्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर इनर्जीकाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।   

Share News