काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंसिर १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैठकले कम्पनीको ६० करोड रुपैयाँ चुक्ता पूँजीमा आधारित रही ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर चुक्ताका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी ११औं वार्षिक साधारण सभामा पेश गरिनेछ । साधारणसभाले अनुमोदन गरेपछि सम्बन्धित सेयरधनीहरूलाई सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।