काठमाडौं । एमएडब्लू वृद्धिले ‘प्रि–न्यू इयर ब्याश’ नामक अफर सार्वजनिक गरेको छ ।
नयाँ वर्षअघि सीमित समयका लागि उपलब्ध यो अफरअन्तर्गत डोंगफेङ नामी र सेरेसका लोकप्रिय मोडेलहरूमा यस सिजनकै उत्कृष्ट अफरहरू दिइने कम्पनीले जनाएको छ ।
डोंगफेङ नामीको अफरअन्तर्गत ‘नामी भिगो’ र ‘नामी ०१’ लाई नाडा मूल्यमै किन्न सकिनेछ ।
साथै प्रत्येक ग्राहकलाई ७ किलोवाट होम चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर र अटो प्लस इन्स्योरेन्स पूर्णरूपमा निःशुल्क प्रदान गरिने जनाइएको छ ।
नामी किनेका ग्राहकहरू स्पेशल लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन् जहाँ तीन भाग्यशालीले थाइल्यान्ड भ्रमण र एक विजेताले आईफोन १७ प्रो म्याक्स जित्ने मौका पाउनेछन् ।
यस्तै, सेरेस ईभीमा पनि ६ लाख रुपैयाँसम्मको लाभ हुने कम्पनीले जनाएको छ ।
अफरमा क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निःशुल्क एक्सेसरिज, उच्च मूल्यांकनसहितको एक्सचेञ्ज सुविधा र आकर्षक एक्सचेञ्ज बोनस समावेश छन् ।
एमएडब्लू वृद्धिका अनुसार ‘प्रि–न्यू इयर ब्याश’ अन्तर्गतका सबै अफरहरू काठमाडौँ उपत्यका तथा बाहिरका सबै अधिकृत डोंगफेङ नामी र सेरेस शोरूमहरूमा एकसाथ उपलब्ध छन् ।