स्वास्थ्यमन्त्री गौतम र पूर्वस्वास्थ्यमन्त्री पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्मा र पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो कांग्रेस युवा नेता पौडल मन्त्री शर्मालाई भेट्न स्वास्थ्य मन्त्रालय पुगेका थिए । 

उनले मन्त्री शर्मालाई आफ्नो पालामा गरेका कामको विवरण समेटिएको हाते पुस्तक हस्तान्तरण गरे ।

भेटमा पौडेलले आफूले गरेका र गर्ने क्रममा रहेका कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

मन्त्री शर्माले आफ्नो प्राथमिकता स्वास्थ्य बीमा, औषधी क्षेत्र र स्वास्थ्यका खरिद प्रक्रियालाई व्यवस्थित बनाउनु रहेको भन्दै त्यहीअनुसार काम गरिरहेको बताइन् । 

उनले आफ्नो कार्यकालसम्म सक्दो काम गर्ने प्रतिवद्धता जनाएकी छिन् । 

भदौ २३ र २४ गते जेनजी आन्दोलन पछि गठित अन्तरिम सरकारले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी विज्ञलाई मन्त्री बनाएको छ । मन्त्री शर्मा यसअघि स्वास्थ्यमन्त्री रहेका पौडेलको सल्लाहकारको भूमिकामा थिइन् ।

Share News