नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुङ्गेल पक्राउ

काठमाडौं । नेपाल ल क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति विष्णु ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई चितवनबाट पक्राउ गरेको पुष्टि गरेको छ।

प्रहरीका अनुसार ढुङ्गेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

उनीसँग सम्बन्धित केही मुद्दामा अनुसन्धान अगाडि बढिरहेको र सोही सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थप विवरण प्रहरीद्वारा सार्वजनिक गरिएको छैन । ढुङ्गेल ०७९ मा अनेरास्ववियु क्रान्तिकारीबाट ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा निर्वाचित भएका थिए। 

गत भदौ २३ र २४ को प्रदर्शनमा ढुङ्गेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भवन जलाउँदै गरेका तस्बिर र भिडियो सार्वजनिक भएका थिए ।

Share News