काठमाडौं । नेपालमा निर्माण तथा खानी उपकरणका आधिकारिक वितरक एक्सप्लोर अर्थ मूवर्स प्रालिले अत्याधुनिक र उच्च क्षमतायुक्त युनिरक डब्लुडि–५८१ ड्रिलिङ रिग पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आधुनिक प्रविधिमा आधारित मेसिनरीमार्फत देशको पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो उपकरण भित्र्याएको हो ।
कम्पनीका अनुसार युनिरक डब्लुडि–५८१ निर्माण, खानी तथा ढुंगाखानी क्षेत्रमा प्रयोगका लागि विशेष रूपमा तयार गरिएको छ । यसमा उच्च क्षमताको इन्जिन, उन्नत नियन्त्रण प्रणाली, र उत्कृष्ट इन्धन बचत क्षमता जस्ता विशेषताहरू छन्, जसले कठिन भू–भागमा पनि सक्षम रूपमा काम गर्न मद्दत गर्छ ।
उपकरण सार्वजनिक कार्यक्रममा कम्पनीका प्रतिनिधिले भने, 'हामी पहिलो पटक नेपालमा युनिरक डब्लुडि–५८१ प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यो नवीनतम प्रविधियुक्त उपकरणले नेपालका निर्माण तथा खानी उपकरण क्षेत्रमा नयाँ स्तर स्थापित गर्नेछ । यसको उत्कृष्ट प्रदर्शन, इन्धन बचत क्षमता र भरपर्दोपनले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।'
यस ड्रिलिङ रिगमा उन्नत हाइडे्रोलिक प्रणाली, सटीक काम सुनिश्चित गर्ने आधुनिक नियन्त्रण प्यानल, तथा सुरक्षाका उच्च मानक जडान गरिएको कम्पनीले जनाएको छ। नेपालको भौगोलिक विविधता र कठिन कार्यस्थललाई ध्यानमा राखी डिजाइन गरिएको भएकाले यो उपकरण अत्यन्त उपयुक्त मानिन्छ ।
युनिरक डब्लुडि–५८१ सार्वजनिक गरिएसँगै एक्सप्लोर अर्थ मूवर्स प्रालिले नेपालमा दिगो, आधुनिक र प्रविधिमैत्री मेसिनरी प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । कम्पनीका अनुसार यस्तो प्रविधिले देशको पूर्वाधार निर्माणमा गति थप्ने विश्वास लिइएको छ ।