सुनको मूल्य तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं । बुधवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । 

मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ । महासंघकाअनुसार चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेको छ ।

मंगलबार तोलामा २ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

Share News