मन्त्रिपरिषद्को बैठकका १४ निर्णय सार्वजनिक, मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १४ निर्णय सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।

बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । साथै पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेश गरेको राजीनामा स्वीकृत गरिएको मन्त्री खरेलले बताए । 

यसबाहेक बैठकले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रशासनतर्फ भने सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

Share News