प्रतिनिधिसभा निर्वाचनका लागि ६८ दल दर्ता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६८ पुगेको छ । मंगलबार नेकपा एमालेले पनि दल दर्ता गराएपछि दर्ता संख्या बढेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म दर्ता कायम भएका दलमध्ये ६८ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता गराइसकेका छन् । उनका अनुसार मंसिर १० गतेसम्म दल दर्ता प्रक्रिया खुला रहनेछ ।

प्रवक्ता भट्टराईले आयोग निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने तयारीमा जुटेको बताउँदै दलहरूको व्यापक सहभागिताले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग पुग्ने उल्लेख गरे ।

Share News