इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरू सम्मानित

काठमाडौं । इनड्राइभले काठमाडौंमा आयोजित एक समारोहमार्फत ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ का विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । ड्राइभर पार्टनर्सको उत्साहजनक प्रतिक्रिया र सक्रिय सहभागितासहित सम्पन्न यो अभियान कम्पनीका सबैभन्दा प्रतिबद्ध चालकलाई पहिचान र सम्मान गर्न लक्षित थियो ।

साप्ताहिक चुनौती, आकर्षक पुरस्कारहरू र दुईवटा मेगा ग्रान्ड पुरस्कारमार्फत सञ्चालन गरिएको क्याम्पेनमा क्याब तथा मोटरसाइकल दुवै श्रेणीका चालकलाई सहभागी गराइएको थियो । टाटा एक्सप्रेस–टी इभी अन्तर्गत क्याब ड्राइभर श्रेणीमा हरि पाण्डे र टीभीएस रेडर अन्तर्गत मोटरसाइकल राइडर श्रेणीमा आकाश तामाङ मेगा विजेता घोषित भए । उनीहरू तीनवटै चुनौती–सप्ताहमा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने तथा सबै योग्यता मापदण्ड पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको हो । विजेता घोषणा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलमार्फत नोभेम्बर ७ मा प्रत्यक्ष लक्की ड्रमार्फत गरिएको थियो ।

क्याम्पेनअन्तर्गत साप्ताहिक पुरस्कार पनि वितरण गरिएको थियो, जसमा वनप्लस नर्ड सीई४ लाइट फाइभजी स्मार्टफोनका १५ विजेता, अल्टिमा एटम १९२ इयरबडका ३० विजेता तथा अल्टिमा नोवा प्रो स्मार्टवाचका ३० विजेताहरूलाई पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।

इनड्राइभ नेपालकी वरिष्ठ ड्राइभर रिटेन्सन विश्लेषक सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै चालक पार्टनर्स इनड्राइभको सफलताको मूल आधार रहेको बताइन् । उनका अनुसार ड्राइभरहरूको प्रतिबद्धता, व्यावसायिकता र दैनिक योगदानलाई सम्मान गर्ने उद्देश्यले क्याम्पेन सञ्चालन गरिएको हो । उनले इनड्राइभले स्वतन्त्र छनोट, निष्पक्ष मूल्य निर्धारण र पारदर्शी मोडेलमार्फत चालक तथा यात्रु दुवैलाई फाइदा हुने वातावरण बनाइरहेको पनि स्पष्ट गरिन् ।

उनले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउन कम्पनी निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै, 'हाम्रो समुदायका आधारशिला चालकहरूसँगै उभिएर, उनीहरूको परिश्रमको कदर गर्दै र निष्पक्ष तथा विकल्पयुक्त प्लेटफर्म सुनिश्चित गर्दै हामी अघि बढ्नेछौं,' भन्दै सबै विजेताहरूलाई पुनः बधाई दिइन् ।

इनड्राइभका अनुसार कम्पनी आगामी दिनमा पनि ड्राइभर पार्टनर्सका लागि आकर्षक तथा प्रभावकारी कार्यक्रम ल्याउँदै जानेछ ।

Share News