प्रधानमन्त्रीले समय नदिएको भन्दै सिंहदरबार गेट अगाडि जेनजी समूह प्रदर्शनमा

प्रधानमन्त्री सुशीला कार्की । फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापनपत्र बुझ्ने समय नदिएको भन्दै जेनजी समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री कार्कीले जेनजी पुस्ताको माग सम्बोधन नगरेको तथा भेट्न समेत नदिएको भन्दै मिराज ढुंगाना समूहले मंगलबार सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको हो । 

सिंहदरबार प्रवेश गर्न खोज्दा ढुंगाना समूह र प्रहरीबीच धकेलाधकेल समेत भएको छ। 

प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेनजी पुस्ताको मागप्रति गम्भीर नभएको आरोप लगाएका छन् । 

उनले आफूहरुले सुशासन मागेको  भएपनि प्रधानमन्त्रीले जेनजीका माग पूरा नगरी निर्वाचनको मात्र रटान लगाइरहेको आरोपसमेत लगाए ।

आफूहरूका माग पूरा नभएसम्म आन्दोलन नछोड्ने उनको चेतावनी छ । 

Share News