काठमाडौं । एफवान सफ्ट ग्रुपले नेपाल सरकारको भौतिक पूर्वाधार पुन:निर्माण कोषमा ७५ लाख रुपैयाँ सहयोग गरेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुन:निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनासम्बन्धी कार्यका लागि सरकारले स्थापना गरेको उक्त कोषमा एफवान सफ्टले सहयोग उपलब्ध गराएको हो।
एफवान सफ्ट इन्टरनेशनल, ईसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा यी कम्पनीहरूको संयुक्त योगदानमा यो सहयोग उपलब्ध गराइएको हो ।
राष्ट्र पुन:निर्माणको यात्रामा राष्ट्रसँग दृढतापूर्वक हातेमालो गर्ने निर्णय गर्दै एफवान सफ्टले सहयोग गरेको हो ।
एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले राष्ट्र पुन:निमाणमा जागरुक भएर लाग्नुपर्ने बताए ।