काठमाडौं । जगदम्बा मोटर्स प्रोटोन डिभिजनले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘एक्सचेन्ज फर एक्सचेन्ज’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
यही नोभेम्बर २१ देखि २३ (शुक्रबारदेखि सोमबार) सम्मका लागि आयोजित यो कार्यक्रम ग्राहकहरूको अझ नजिक पुग्ने र उनीहरूलाई उत्कृष्ट डिल तथा प्रिमियम ड्राइभिङको अनुभव गराउने उद्देश्यका साथ ल्याइएको कम्पनीका मार्केटिङ हेड आकाश विक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार यो ३ दिने कार्यक्रम भए पनि ग्राहकहरूको उत्साहजनक सहभागिता देखिएमा यसलाई १ दिन थप विस्तार गरिएको छ ।

‘हामी ग्राहकको अझ नजिक पुग्न चाहन्छौं, अझ उहाँहरूलाई बेटर अफर र बेटर डिल दिन चाहन्छौं । त्यसैले थप एक दिनको समय राखेका हौं,’ उनले भने ।
एक्सचेन्ज क्याम्पमा पुराना गाडीको मूल्यांकनका लागि ग्राहकहरूले नेपालकै उत्कृष्ट रिकन्डिसन हाउसबाट उच्च र सन्तोषजनक मूल्य प्राप्त गर्न सक्ने थापाले बताए । जुनसुकै ब्रान्ड, मोडल तथा इन्धन प्रकार (पेट्रोल, डिजेल, इलेक्ट्रिक) का गाडीहरू पनि एक्सचेन्ज गर्न सकिने थापाले जानकारी दिए ।

प्रोटोनका गाडीहरुको सुरुवाती मूल्य ४६ लाख ९९ हजार लाख रुपैयाँदेखि ६७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । जगदम्बा मोटर्सले हाल प्रोटोन इमास सेभेन मोडललाई प्राइम र प्रिमियम गरी दुई भेरिअन्टमा बिक्री गर्दै आएको छ ।
उनका अनुसार यस गाडीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ‘एजे शटब्लेड ब्याट्री’ हो । जुन हालसम्म बजारमा रहेका सबै इभीहरूमध्ये सबैभन्दा सुरक्षित र भरपर्दो मानिन्छ । यसले ग्राहकहरूलाई सुरक्षा र लामो समयसम्म गाडीको स्वामित्व कायम राख्न मद्दत गर्नेछ ।
कम्पनीले ब्याट्रीमा ८ वर्ष र असीमित माइलेजको वारेन्टी प्रदान गरेको छ । गाडी खरिदका लागि ग्राहकहरूलाई सहयोग पुर्याउन नेपालका प्रमुख वाणिज्य बैंकहरूसँग जगदम्बा मोटर्सले टाईअप गरेको छ । यसका साथै जगदम्बाको आफ्नै इनहाउस हायर परचेज योजना पनि रहेको छ । जसअन्तर्गत शून्य प्रतिशत ब्याजदरमा पनि गाडी खरिद गर्न सकिनेछ ।
पहिलो तीन दिनमा १२ वटा युनिट बिक्री भएको र सोमबारसम्म थप १० युनिट बिक्री हुने प्रक्षेपणका साथ कुल २२ युनिटको बिक्री लक्ष्य राखिएको थापाले बताए ।
हाल बुकिङ खुल्ला रहेको र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले गर्दा आगामी दिनहरूमा पनि ग्राहकहरूको घरघरमा पुग्न र सुविधा दिन यस्तै एक्सचेन्ज क्याम्पहरू आयोजना गरिने उनको भनाइ छ ।
हाललाई प्रोटोन इमास सेभेन नै प्रमुख मोडल रहने र २०२६ सम्ममा केही नयाँ उत्पादनहरू आउने सम्भावना रहेको पनि थापाले बताए ।
काठमाडौंको ज्ञानेश्वरस्थित एटीक रेष्टुरेन्टमा एक्सचेन्ज अफर सञ्चालन भइरहेको हो ।