काठमाडौं । प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर कार्यक्रम सोमबारसम्म सञ्चालन हुने भएको छ ।
जगदम्बा मोटर्सले गत शुक्रबारदेखि काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा जारी एक्सचेन्ज अफर कार्यक्रम थप एक दिन समय थपिएको हो ।
सो कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज अफर ४६ लाख ९९ हजार सुरु हुनेछ ।
प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ ।
उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ ।
यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।