सेयर बजारमा ६ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९२ अंकले बढेर २६०० बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार २३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँ बराबरको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै पिपुल्स हाइड्रोपावरको ३४ करोड, राधी विद्युत कम्पनीको २१ करोड, नेपाल रिइन्स्योरेन्सको १७ करोड र शिवम् सिमेन्टको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, बन्दिपुर केबलकार र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आइतबारको कारोबारमा लगानी र जीवन बीमा समूह २ प्रतिशतले बढेका छन् । बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार ०.२५ प्रतिशतले बढेका छन् ।

Share News