काठमाडौं । सामसङ नेपालले ‘वार्म विन्टर अफर’ सार्वजनिक गरेको छ । यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत ग्राहकहरूले वाशिङ मेसिन र रेफ्रिजिरेटरमा विशेष छुट, क्यासब्याक र सरल फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् ।
७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्राएर, फ्रन्ट लोड, एफटीएल र एसएटीएल मोडेलहरूमा अधिकतम २३ हजार रुपैयाँसम्म इन्स्ट्यान्ट क्यासब्याक रहेको छ ।
त्यसैगरी, सिंगल डुअर, डबल डुअर र साइड बाइ साइड सामसङ रेफ्रिजेरेटर्समा १७ प्रतिशतसम्म क्यासब्याक रहेको छ ।
सामसङका वाशिङ मेशिन र रेफ्रिजिरेटरमा रहेको डीआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध छ र सबै मोडल निःशुल्क इन्स्टलेसन गरिन्छ ।
साथै सामसङको इन्स्टाफाइनान्स सेवा मार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्पमा घरेलु सामानहरू किन्न सक्छन् ।
पुराना सामसङ उपकरण अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत सिधै एक्सचेन्ज गर्न सक्ने सुविधा पनि उपलब्ध छ ।