काठमाडौं । नेकपा एमाले निकट नेशनल भोलेन्टियर फोर्सले शुक्रबार राजधानीको बबरमहल क्षेत्रमा शक्ति प्रदर्शनसहित मार्चपास गरेको छ । फोर्स एमाले समर्थित युवासंघ नेपालको नयाँ संरचना हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै एक विशेष समारोहकाबिच फोर्सको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेताहले बताएका छन् ।
कार्यक्रममा पार्टीका विभिन्न तहका कार्यकर्ता, युवाहरू तथा स्वयंसेवी संरचनामा जोडिन उत्सुक सहभागीहरूको उपस्थिति उल्लेखनीय रहेको एमालेले जनाएको छ ।
पार्टीले यो फोर्सलाई सामाजिक सेवा, विपद् व्यवस्थापन तथा संगठनात्मक गतिशीलता बढाउने उद्देश्यसहित अघि सारेको बताएको छ ।