उद्योगी व्यवसायीलाई चुनावी चटारो(फोटो फिचरसहित)

<p>काठमाडौं । नेपाली उद्योगी व्यवसायीलाई चुनावी चटारोले छोएको छ । आफ्नो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा आफु अनुकुलको समुहलाई जिताउन व्यवसायीहरु जोडतोडले लागि परेका छन् । आइतबार मध्यान्ह बरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले तामझामका साथ आफ्नो प्यानलकै उम्मेदवारी दर्ता गरे । उनको प्यानलबाट जिल्ला/नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन [&hellip;]</p>

काठमाडौं । नेपाली उद्योगी व्यवसायीलाई चुनावी चटारोले छोएको छ । आफ्नो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा आफु अनुकुलको समुहलाई जिताउन व्यवसायीहरु जोडतोडले लागि परेका छन् ।


आइतबार मध्यान्ह बरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले तामझामका साथ आफ्नो प्यानलकै उम्मेदवारी दर्ता गरे । उनको प्यानलबाट जिल्ला/नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन । श्रेष्ठ अहिलेको कार्य समितिमा बस्तुगत तर्फका उपाध्यक्ष छन् ।

गोल्छा प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन भने एसोसियटमा चन्द्र प्रसाद ढकालको उम्मेदवारी परेका छ । यस अघि स्वतन्त्र समुहका तर्फबाट एसोसियटको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका सौरभ ज्योतिले आफ्नो उम्मेदवारी फिर्ता लिँदै ढकाललाई समर्थन गरेको घोषणा गरेका छन् ।


गोल्छा प्यानलबाट बस्तुगत तर्फ हेमरत्न शाक्य, विनोद ढकाल र लोकनाथ गैरे, हेमराज ढकाल, अञ्जन श्रेष्ठ, रविन श्रेष्ठ, कमला श्रेष्ठ, जय शिवाकोटी, सन्दिप अग्रवाल, सुरेन्द्र श्रेष्ठ, सुनिलगोपाल श्रेष्ठ, आकास अधिकारी, खेमराज पन्तले उम्मेदवारी  दर्ता गराउँदै छन्।


त्यस्तै, एसोसियट तर्फबाट महासंघका निवर्तमान अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रबलजंग पाण्डे, पूर्व अध्यक्ष प्रदिप कुमार श्रेष्ठका छोरा उदिप कुमार श्रेष्ठ पहिलो पटक महासंघको कार्यसमिति सदस्यको उम्मेदवारी दर्ता गराउँदै छन् । त्यस्तै, एसोसियट तर्फ भरतराज आचार्य, कृष्णप्रसाद दुलाल, रामशरण थपलिया, आनन्द वगरिया, नारायण बजाज, शक्ति बेगानी, अखिलकुमार चापागाई, सुनिल नारायण श्रेष्ठ, बासुदेव गौतम, शिशिर कुमार भट्ट, राजेश अग्रवाल, भेषराज अर्याल लगायतले उम्मेदवारी दर्ता गराउँदै छन् ।


यसअघि निर्वाचन जितेर कार्यसमिति सदस्य भएका ज्ञानेन्द्रलाल प्रधान, ओमराज भण्डारी, रामकृष्ण प्रसाई, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, प्रकाश गिरी, रञ्जीत आचार्य, शाहिल अग्रवाल, अनिल कुमार केडिया, मनिष कुमार अग्रवाल, अशोक कुमार तोदी, रामचन्द्र संघाई, विजयसिंह बैद्य लगायतले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।


महासंघको निर्वाचन चैत २९ गते हुँदैछ । भवानी राणाले पहिलो पटक बरिष्ठ उपाध्यक्षबाट सिधै अध्यक्षको जिम्मेवारी प्राप्त गर्दैछिन् । बरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र कार्य समिति सदस्यहरुको निर्वाचन हुनेछ । संसोधित विधानले बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत अध्यक्ष बन्ने व्यवस्था गरेको छ । महासंघले पहिलो पटक कोषाध्यक्षको व्यवस्था थपेको छ । कोषाध्यक्ष भने नव निर्वाचित कार्य समितिको बहुमतबाट चयन हुनेछ ।

आइतबार साँझ किशोर प्रधानले राजधानीमा कार्यक्रम गरेर आफ्नो प्यानल घोषणा गर्दैछन् । उनले सोमबार आफ्नो प्यानलको उम्मेदवारी दर्ता गराउनेछन् ।

Share News