भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर सुरु

काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । 

कार्यक्रम भोलि (शुक्रबार) देखि आइतबारसम्म काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुनेछ ।

तीनदिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । 

एक्सचेन्ज अफर ४६ लाख ९९ हजार सुरु हुनेछ ।

प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । 

उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ ।

यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।

null

 

Share News