काठमाडौं । रूस धेरै व्यापारिक क्षेत्रमा भारतसँग नजिकिन निरन्तर प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पहिला रूसले भारतलाई सस्तो कच्चा तेल बेच्यो । त्यसपछि उसले भारतलाई एलएनजी आपूर्ति बढाउन चाहेको बतायो । अब कुरा बन्दरगाहसम्म आइपुगेको छ । रूसले भारतको जहाज निर्माण तथा पोर्ट पूर्वाधार क्षेत्रमा पहल गर्ने प्रस्ताव गरेको छ ।
रूसले भारतलाई जहाज निर्माण क्षेत्रमा धेरै नयाँ प्रस्तावहरू दिएको छ । रूस भारतका लागि माछा मार्ने जहाज, यात्रु जहाज र सहायक जहाजहरूको विद्यमान डिजाइन दिनसक्छ वा नयाँ डिजाइन पनि तयार गर्न सक्छ । यो सबै इन्डोप्यासिफिक क्षेत्रमा समुद्री साझेदारी बढाउने प्रयासको हिस्सा हो ।
इन्डो–प्यासिफिक क्षेत्रमा हिन्द महासागर पनि समावेश छ । रूसको यस कदमले भारत–अमेरिका व्यापारिक सम्बन्धमा केही दूरी पैदा हुन सक्छ किनकि अमेरिका भारत–रूसबीच व्यापारिक सम्बन्ध झन् गाढा भएको चाहँदैन ।
हालै रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख सल्लाहकार तथा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार निकोलाइृ पेट्रुशेव भारत आएका थिए । उनले भारतीय जहाजमन्त्री सर्वानन्द सोनोवालसँग भेट गरे । उक्त भेटमा दुवै देशबीच जहाज निर्माण, बन्दरगाह पूर्वाधार र समुद्री लजिस्टिक्समा सहकार्यका सम्भावनाहरूबारे छलफल भएको थियो । यस बैठकमा चालक दललाई तालिम दिने र गहिरो समुद्रमा अनुसन्धान गर्ने विषयमा पनि विशेष छलफल भएको थियो ।
पेट्रुशेवले सोनोवाललाई भने, ‘हामी भारतलाई जहाज निर्माण क्षेत्रमा रोचक प्रस्ताव दिन सक्छौं । यसमा माछा मार्ने जहाज, यात्रु जहाज र सहायक जहाजहरूको विद्यमान डिजाइन उपलब्ध गराउने वा नयाँ डिजाइन तयार गर्ने समावेश छ ।’
उनले रूससँग विशेष प्रकारका जहाज जस्तै हिमाली क्षेत्रमा चल्ने आइसब्रेकर जहाज—बनाउने ठूलो अनुभव रहेको पनि बताएा थिए । उनले भने कि हरित जहाज निर्माण क्षेत्रमा पनि सहकार्यका अवसर छन्, जुन हाल भारतका लागि समुद्री क्षेत्रको ठूलो प्राथमिकता हो ।
रूसले यसअघि पनि भारतलाई यस्तै प्रस्ताव गरिसकेको छ । केही समयअघि रूसले भारतलाई एलएनजी आपूर्ति बढाउन सक्ने बताएको थियो । रूसका ऊर्जामन्त्री सर्गेई त्सिभिलेभले भनेका थिए कि भारत ऊर्जा मिश्रणमा ग्यासको हिस्सा १५ प्रतिशत पुर्याउन चाहन्छ र रूस वर्तमान तथा आगामी परियोजनाबाट एलएनजी उपलब्ध गराउन तयार छ ।
त्यसैगरी, रूस भारतलाई सस्तो कच्चा तेल पनि दिँदै आएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका दुई तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतमा कच्चा तेलको आपूर्ति निकै घटेको छ ।
यदि रूस भारतसँग व्यापारिक सम्बन्ध बढाउँदै लैजान्छ भने यसले अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट हुन सक्छन् । रूस–युक्रेन युद्धबारे ट्रम्प लगातार पुटिनमाथि निशाना साँध्दै आएका छन् ।
ट्रम्पले रूसलाई आर्थिक रूपमा सहयोग गर्ने राष्ट्रहरूमा उच्च ट्यारिफ लगाइने चेतावनी दिँदै आएका छन् ।
सुन भाडामा दिएर लाखौं कमाउँदै धनी
पुरानो धन, नयाँ सोच : भारतका मिलेनियल र जेन–जेड उत्तराधिकारीको स्टार्टअपतर्फ झुकाव
बाल्यकालको संघर्षबाट विश्वप्रसिद्ध परफ्यूम उद्यमी बनेकी जो मेलोनको यात्रा