काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार (आज) बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बैठक शनिबार अपरान्ह १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरुले बैठकमा आफ्नो मन्तव्य राखेपछि स्थगन भएको केन्द्रीय समिति बैठक पुनः बैठक नै नबसी तीन पटक स्थगित भइसकेको छ ।
गत शनिबारका लागि आह्वान गरिएको बैठक सोमबारका लागि आह्वान गरिएको थियो । सोमबार पनि बैठक बस्न नसकी आजका लागि तय गरिएको बैठक स्थगित भएको हो।