स्वावलम्बन लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई वितरण हुने लाभांश घोषणा गरेको छ ।

मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीकाे कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये ५.६३६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३६३५ प्रतिशत नगद लाभांश रहेका छन् ।

लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नुपर्छ । आवश्यक स्वीकृति प्राप्त भएपछि सेयरधनीहरूले बोनस सेयर र नगद लाभांश दुवै प्राप्त गर्नेछन् ।

Share News