एमालेले बोलायो सचिवालय बैठक

काठमाडाैं । नेकपा एमालेले सचिवालय बैठक आव्हान गरेको छ । तराइमा पार्टीको मुख्य गढ मानिने परवानीपुरको कार्यक्रममा भाग लिन जान लागेका महासचिव शंकर पोखरेललाई रोकिएपछि एमालेले सचिवालय बैठक आव्हान गरेको हो । 

पार्टी प्रवक्ता राजेन्द्र गौतमका अनुसार बैठक बिहिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । बैठकमा महाधिवेशनको तयारीबारे छलफल गर्ने भनिए पनि सिमरा घटनामै केन्द्रित हुने पार्टीका एक नेताले जानकारी दिए ।

Share News